Editors Choice

3/recent/post-list

Search This Blog

Video Of Day

Advertisement

Ads

Find Us On Facebook

Breaking News

Comments

SEE सम्बन्धि राष्ट्रिय परीक्षा बोर्डको आपतकालिन सूचना

आज मिति २०८० साल चैत्र १५ गते बिहीबार देखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइइ) लाई सहज र व्यवस्थित बनाउन सहयोग पुयाउनुहुने सम्बन्धित सबै सरोकारवालाहरूलाई राष्ट्रिय परीक्षा बोर्ड हार्दिक धन्यबाद ज्ञापन गर्दछ । आज सम्पन्न भएको अङ्ग्रेजी विषयको परीक्षामा अनुगमनको नाममा आधिकारिक व्यक्तिहरू बाहेका धेरै व्यक्तिहरू परीक्षाकेन्द्रहरूमा गइ परीक्षार्थीहरूको लेखन कार्यमा असुबिधा भएको भनी केही जिल्लाका केन्द्रहरूबाट गुनासाहरू प्राप्त भएकाले प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिसमेतका आधिकारिक पदाधिकारीहरू बाहेकका अन्य अनुगमनकर्ता र पर्यवेक्षकहरू समूहगतरूपमा र धेरै सँख्यामा पटक पटक परीक्षा अनुगमनमा जाने कार्य नगर्न र परीक्षालाई व्यवस्थित, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न गराउने व्यवस्थामा सहयोग पुऱ्याउनुहुन सम्बन्धित सबैसँग हार्दिक अनुरोध गरिएको छ । साथै सम्पूर्ण परीक्षार्थीहरुलाई उच्च मनोबल र निर्भयका साथ परीक्षामा सहभागी हुने वातावरण बनाइदिनुहुनका लागि प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिहरूबाट सबै केन्द्रहरूमा आवश्यक समन्वय हुन समेत हार्दिक अनुरोध छ। नन्दलाल पंडिल का.मु. नियन्त्रक स्रोत : सूचना(राष्ट्रिय परिक्षा बोर्ड)

Post a Comment

0 Comments