सन् २०२५ को पहिलो उल्का वर्षा आज राती अत्यधिक मात्रामा हुने भएको छ । ती उल्का वर्षाको स्रोत बुटिज (भूतप) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकोले यसलाई भूतप उल्का वर्षा नाम दिइएको छ ।
भूतप उल्का वर्षा पुष १३ देखि २८ गतेसम्म सक्रिय रहने भए पनि आज राति अत्याधिक उल्का वर्षा हुनेछ । आज रातिको उल्का वर्षा प्रकाश प्रदुषण कम भएको र खुला आकाश भएको स्थानबाट हेर्न सकिनेछ । उल्कावर्षा हेर्न कुनै उपकरण आवश्यक पर्दैन । अत्याधिक उल्का वर्षा हुने समयमा नाङ्गो आँखाले नै आकाशमा हेरेर अवलोकनकर्ताहरुले मनोरञ्जन लिन सक्नेछन् । अत्याधिक उल्का वर्षाको समयमा प्रति घण्टा ५० देखि १२० वटा सम्म उल्का वर्षा हुने अनुमान गरिएको छ । ती आगोका झिल्का जस्तै मध्यम गतिका उल्का वर्षा करिब ७० कि.मि माथि वायुमण्डलमा देखिनेछन् ।
पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कणहरु र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई हामी उल्का वर्षा भन्दछौं । उल्का वर्षालाई नेपाली जनजिब्रोमा 'तारा खसेको' वा 'तारा पोइल गएको' पनि भनिन्छ ।
0 Comments