Editors Choice

3/recent/post-list

Search This Blog

Video Of Day

Advertisement

Ads

Find Us On Facebook

Breaking News

Comments

मेसेन्जरबाटै अब १०० एमबीसम्मको फाइल पठाउन सकिने

मेसेन्जरबाटै अब १०० एमबीसम्मको फाइल पठाउन सकिने **************************************** 
  फेसबुक मेसेन्जरबाट अब १०० एमबीसम्मको फाइल पठाउन सकिने भएको छ । कम्पनीले एक ब्लग सार्वजनिक गर्दै १०० एमबीसम्मको फाइल पठाउन सकिने फिचर सुरु भएको जानकारी दिएको हो । यससँगै अब मेसेन्जरबाट १०० एमबीको विभिन्न फर्म्याटका फाइल ट्रान्सफर गर्न सकिनेछ ।

 यसअघि मेसेन्जर एपबाट वर्ड, पीडीएफ, पीपीटीएक्स, एक्सल जस्ता फर्म्याटका फाइल पठाउन सकिने सुविधा थिएन । डेस्कटप भर्सनबाट भने यस्ता फाइल पठाउन सकिन्थ्यो ।
 मेसेन्जरबाटै यस्ता फाइल पठाउन सबैभन्दा पहिले मेसेन्जरमा आफूले फाइल पठाउन चाहेको व्यक्तिको च्याट छान्नुहोस् । अनि छेउमा भएको चार ओटा थोप्लामा ट्याप गर्नुहोस् । अनि ‘फाइल्स’ (Files) को अप्सनमा जानुहोस् । यति गरेपछि आफूले पठाउन चाहेको फाइल छान्नुहोस् । फाइल छान्नासाथ उक्त फाइल तपाईंले चाहेको व्यक्तिको मेसेन्जरमा जान्छ । 
 मेटाको स्वामित्वमा रहेको अर्को मेसेजिङ एप ‘ह्वाट्सएप’मा भने फोटो, भिडिओ, वर्ड, एक्सल, पीपीटीएक्स, पीडीएफ लगायतका फाइल २ जीबीसम्मको पठाउन सकिन्छ । त्यसरी फाइल अप्सन छानेर डकुमेन्टका रूपमा फोटो र भिडिओ पठाउँदा त्यसको क्वालिटी घट्दैन । र, मेटाडेटा पनि सुरक्षित रहन्छ । 
समाचार स्रोत : www.techpana.com

Post a Comment

0 Comments