भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!
•••••••••••••••••••••••••••••••••••••••••••••••••••••••
"सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता "
•••••••••••••••••••••••••••••••••••••••••••••••••••••••
°°°°°°°°°°°°°°°°°भर्ना अभियान-२०८१°°°°°°°°°°°°°°°°°°°°
यस श्री महेन्द्र माध्यमिक विद्यालय अमरगढी न.पा.-५ खलंगा डडेल्धुरामा शैक्षिक शत्र २०८१ का लागि साधारण धारतर्फ बालविकासदेखि कक्षा ९ सम्म नेपाली र अंग्रेजी दुवै माध्यममा तथा प्राविधिक धारतर्फ कक्षा ९ मा सिभिल इन्जिनियरिङ्गमा भर्ना खुलेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदछौं ।
विद्यालयको फेसबुक पेज भिजिट गर्न यहाँ क्लिक गर्नुहोस् ।
विद्यालयका आकर्षणहरु :-
📢बालविकासदेखि कक्षा ३ सम्म अंग्रेजी माध्यममा र कक्षा ४ देखि १० सम्म अंग्रेजी र नेपाली दुवै माध्यममा पठनपाठन भईरहेको ।
💻आधुनिक प्रविधिको प्रयोगबाट पठनपाठन गराईने ।
🎥सि.सि. क्यामरा जडित कक्षाकोठाहरु भएको ।
🖥️व्यवस्थित कम्प्युटर प्रयोगशाला, पुस्तकालय र विज्ञान प्रयोगशाला भएको ।
🎯अनुभवी र दक्ष विषयगत शिक्षक भएको ।
🍶खानेपानी, शौचालय, खेलकुद सामाग्रीको ब्यबस्था भएको ।
🍨बालविकासदेखि कक्षा ५ सम्म दिवा खाजाको व्यवस्था भएको ।
📟विद्यार्थीका लागि समेत ई-हाजिरीको व्यवस्था गरिएको ।
📱विद्यालयमा विद्यार्थी अनुपस्थित भएमा सो को जानकारी SMS मार्फत अभिभावकलाई दिने व्यवस्था गरिएको ।
❤️गरिव, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरिएको ।
🏘️छात्रवासको व्यवस्था भएको ।
🤾नियमित रुपमा अतिरिक्त क्रियाकलाप गराईने ।
🧭बालमैत्री वातावरण तथा मनोपरामर्शका कक्षाहरु सञ्चालन गरिने ।
🚃विद्यालय बसको व्यवस्था भएको ।
📢बालविकास कक्षालाइ ECD, LECD र UECD गरी छुट्टा छुट्टै तीन ओटा तहमा विभाजन गरी अध्यापन गराइने ।
****************************
नयाँ विद्यार्थीलाई प्रवेश परीक्षाका लागि फाराम वितरण
२०८१ वैशाख ३ गतेदेखि १४ गते सम्म
******************************
विद्यार्थी भर्ना : २०८१ वैशाख ३ गतेदेखि
******************************
प्रवेश परीक्षा : (साधारण र प्राविधिक) २०८१ बैशाख १५ गते, बिहान ११:०० बजे
******************************
कक्षा सञ्चालन : २०८१ वैशाख १० गतेदेखि (साधारण धार)
२०८१ बैशाख २० गतेदेखि (प्राविधिक धार)
******************************
नोटः बार्षिक परीक्षा दिइसकेका तर नतिजा प्रकासित नभएका विद्यार्थीले पनि प्रवेश परीक्षामा समावेश हुन पाउने छन् ।
विद्यालयको फेसबुक पेज भिजिट गर्न यहाँ क्लिक गर्नुहोस्
विद्यालयको वेभसाइट भिजिट गर्न यहाँ क्लिक गर्नुहोस् ।
श्री महेन्द्र माध्यमिक विद्यालय
अमरगढी न.पा.-५ खलंगा डडेल्धुरा
0 Comments