Editors Choice

3/recent/post-list

Search This Blog

Video Of Day

Advertisement

Ads

Find Us On Facebook

Breaking News

Comments

प्रवेश परीक्षाको परीक्षाफल सार्वजनिक

प्रवेश परीक्षाको परीक्षाफल सार्वजनिक
डडेल्धुरा, वैशाख १५, 
✍️ गोविन्द ब. धामी
        महेन्द्र मा . वि. खलङ्गा डडेल्धुराले कक्षा ९-१२ प्राविधिक धार (Civil-Engineering) तर्फ र साधारण धार कक्षा २-९( नेपाली र अंग्रेजी माध्यम) अध्ययन गर्नका लागि मिति २०८१।०१।१५ गतेका दिन संचालन भएको प्रवेश परीक्षा (Entrance) को नतिजा प्रकाशित गरेको छ । प्राविधिक शिक्षाधार (Civil-Engineering) कक्षा ९-१२ अन्तरगत जम्मा ४८ सिटको लागि शनिबार सञ्चालन भएको प्रवेश परीक्षामा ६३ जना सहभागी मध्ये ३७ जना मात्रै प्रवेश परीक्षामा सफल भएका छन् । विद्यालयले सूचना जारी गर्दै बाँकि रिक्त ११ सिटको लागि २०८१-०१-२२ गते ११:०० बजे पुनः प्रवेश परीक्षाको मिति सार्वजनिक गरेको छ जसका लागी २०८१-०१-२१ सम्म आवेदन फाराम भर्नुपर्ने व्यहोरा जानकारी गराएको छ । साथै,  कक्षा ९ मा अध्ययनार्थ प्रवेश परीक्षामा सफल हुनु भएका परीक्षार्थीहरुले यही मिति २०८१।०१।२० गतेसम्म आवश्यक प्रमाणपत्र सहित विद्यालयमा भर्ना गरिसक्नु पर्नेछ । साथै विद्यालयले कक्षा २–९ साधारण धारतर्फ पनि नयाँ विद्याथी भर्ना गर्न प्रवेश परीक्षा लिएको हो। प्रवेश परीक्षामा १३५ सिटका लागि कूल २९८ जना सहभागी भएका छन्। [Unity Khabar]


 जिल्ला सदरमुकामका निजी विद्यालय विद्यार्थी खोज्नका लागि गाउँगाउँ धाइरहेका बेला महेन्द्र माविमा भने विद्यार्थीको चाप छ। सामुदायिक विद्यालय भएपनि महेन्द्र माविमा कक्षा १ देखि ५ सम्म अंग्रेजी माध्यममा र कक्षा ६ देखि १० सम्म नेपाली र अंग्रेजी दुवै माध्यममा पठन पाठन भइरहेको छ।

वि . स . २०१४ सालमा स्थापना भएको यस विद्यालयले शैक्षिक सत्र २०७० देखि कक्षा ९–१० सम्म प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङको पठनपाठन सञ्चालन गरी २०७२ सालदेखि प्राविधिक धारतर्फ कक्षा ११–१२ को समेत पठनपाठन  हुँदै आएको छ। टाढाका विद्यार्थीका लागि २ वटा स्कुल बसको व्यवस्था गरेसँगै महेन्द्र माविमा विद्यार्थीको आकर्षण थप बढेको हो। 

      डडेल्धुरा सदरमुकाममा अवस्थित महेन्द्र मा.वि.ले उत्कृष्ठ व्यवस्थापन सहित समय सुहाउदो र संस्कार सहितको गुणस्तरीय शिक्षा प्रदान गरिरहेको हुनाले जिल्ला स्थित र जिल्ला बाहिरका विद्यार्थी तथा अभिभावकहरुको रोजाइको केन्द्र बन्दै आइरहेको छ ।




Post a Comment

0 Comments