Editors Choice

3/recent/post-list

Search This Blog

Video Of Day

Advertisement

Ads

Find Us On Facebook

Breaking News

Comments

कक्षा १२ को वार्षिक परीक्षा सम्बन्धमा परीक्षा बोर्डको विज्ञप्ती

बोर्डको सूचनामा लेखिएको छ -

"राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन भईरहेको कक्षा १२ को वार्षिक परीक्षालाई मर्यादित र व्यवस्थित रुपमा सञ्चालन गर्न परीक्षा हलमा केन्द्राध्यक्षबाहेक अन्य कसैलाई पनि मोबाईल लैजान पूर्णत. निषेध गरिएकोमा निर्देशन विपरित केही परीक्षा केन्द्रहरूमा मोबाईलको अनाधिकृत प्रयोग भएको पाइएकोले त्यसतर्फ बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ । केही परीक्षा केन्द्रमा मोबाईलको प्रयोग गरी अनियमित कार्य गर्ने परीक्षार्थीहरूसमेतको मोबाईल जफत गरी कारबाही गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदै अब उप्रान्तसमेत परीक्षा केन्द्रमा मोबाईल लैजान पूर्णतः निषेध गरिएको व्यहोरा सम्बन्धित सबैको लागि जानकारी गराइएको छ । विभिन्न तहबाट हुने अनुगमनका क्रममा परीक्षाको मर्यादा विपरित कसैले मोबाईल साथमा राखेको वा प्रयोग गरेको पाईएमा नियमानुसार कारवाही हुने व्यहोरा पुनः जानकारी गराइएको छ । साथै केन्द्राध्यक्षज्यूहरूले सोही अनुसार गर्न/गराउनुहुन निर्देशन गरिन्छ ।

- परीक्षा नियन्त्रक

मिति : २०८१/०१/१७"




Post a Comment

0 Comments