Editors Choice

3/recent/post-list

Search This Blog

Video Of Day

Advertisement

Ads

Find Us On Facebook

Breaking News

Comments

महेन्द्र मा. वि. खलङ्गा डडेल्धुरामा रोजगार मेला हुने ।

अ . न .पा.को आयोजनामा महेन्द्र मा. वि. खलङ्गा डडेल्धुरामा रोजगार मेला हुने ।

✍️ गोविन्द धामी

अमरगढी नगरपालिका,रोजगार सेवा केन्द्रको आयोजनामा यही वैशाख २२ गते पहिलोपटक रोजगार मेला हुने भएको छ। उक्त मेला रोजगार सेवा केन्द्रको प्राविधिक सहयोगमा महेन्द्र मा.वि. खलंगामा आयोजना हुनेछ ।

 यस मेलाबाट श्रम बजारमा रोगजारीको पहिचानका लागि सहयोग पुग्ने अपेक्षा गरिएकोछ । विशेषतः यो मेलाले विभिन्न सीप भएका बेरोजगार युवाहरूको क्षमता पहिचान गर्दै उनीहरुलाई रोजगारदाताहरु सँग प्रत्यक्षरूपमा भेट गराउने र रोजगारीको सुनिश्चितताका लागि रोजगार सृजना गर्न तथा कामको खोजीमा सहयोग पुर्याउने लक्ष्य लिएको छ । साथै मेलामा विभिन्न स्टलहरु पनि रहने कुरा आयोजकले जानकारी दिएका छन् ।

रोजगारदाताले यही २१ गते सम्म आफूलाई आवश्यक पर्ने कामदारको पद र संख्या तोकि छनोट प्रक्रियाका लागि आफ्नो नाम दर्ता गरिसक्नु पर्नेछ भने बेरोजगारले आफ्नो योग्यता र क्षमताअनुसारको रोजगारी खोजी गर्नुपर्नेछ।

समाचार स्रोत : युनिटी खबर



Post a Comment

0 Comments