शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र योजना तथा अनुगमन शाखा सानोठिमी भक्तपुरको मिति २०८१/०३/०५ गतेको सूचना अनुसार अमरगढी न पा डडेल्धुराले निम्नानुसारका शिर्षकमा करिब १,९०,७०००० बराबरको सशर्त अनुदानमा वित्तिय हस्तान्तरण प्राप्त गरेको छ ।
जसमा नमुना विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय योजना कार्यान्वयनका लागि र कक्षा ११-१२ मा विज्ञान विषय सञ्चालनका लागि साठी लाख (६००००००/-) वित्तिय हस्तान्तरण प्राप्त गरेको छ ।
१) प्राविधिक धार तर्फ शै. सत्र २०७९ देखि कक्षा९ सञ्चालन गरेका विद्यालयलाई ल्याव व्यवस्थापन अनुदान = ० हजार
२) वालवालिकाको अपाङ्गताको लागि प्रारम्भिक पहिचानका लागि स्थानीय तह एवम् विद्यालयका लागि प्रति विद्यार्थी रु . १०० = ० हजार
३ )IIIV प्रभावित वालवालिका तथा वादि समुदायका विद्यार्थीका लागि आवासिय प्रवन्ध प्रतिव्यक्ति रु वार्षिक ४० हजार = ० हजार
४) अपाङ्गताको प्रकृति अनुरूप आवश्यकताको आधारमा प्रदेशमा पुर्वाधारमुक्त विशेष शिक्षा आवासीय विद्यालय प्रतिविद्यालय रु ५० लाख = ० हजार
५) नमुना विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय योजना कार्यान्वयनका लागि कार्यसम्पादनमा आधारित अनुदान ( कक्षा ११ - १२ मा विज्ञान विषय सञ्चालनका लागि समेत) = लक्ष्य २ = लागत ६००० हजार = वजेट ६००० हजार
६ ) नमुना विद्यालय सुधार गुरुयोजना अनुरूप भौतिक निर्माण = लक्ष्य १ = लागत १०००० हजार = बजेट १०००० हजार
७) विद्यालय पुस्तकालय तथा ict व्यवस्थापन प्रति विद्यालय रु ६ लाख ५० हजार = लक्ष १ = वजेट ६५० हजार
८) विद्यालय सुपरिवेक्षण , तथा शिक्षकको निरन्तर पेशागत सहयोगका लागि मेटरिङ पद्धतिको कार्यान्वयन = बजेट २४५ हजार
९) विद्यालय बाहिर रहेका वालवालिकाहरुलाई विद्यालय भर्ना र सिकाइ निरन्तरताको लागि अनुदान = ० हजार
१०) शिक्षक दरबन्दी तथा शिक्षक अनुदान प्राप्त नगरेका सामुदायिक विद्यालयहरुलाई एकमुष्ठ अनुदान प्रति विद्यालय रु १० लाख =० हजार
११) शैक्षिक सुशासन प्रवर्द्धन , कार्यक्रम , वार्षिक चौमासिक प्रतिवेदन तयारी , इमिस व्यवस्थापन , शैक्षिक अभिलेख व्यवस्थापन , शैक्षिक योजना तर्जुमा एवम् कार्यक्रम कार्यान्वयन सहजीकरण = २५० हजार
१२) सामुदायिक सिकाइ केन्द्र व्यवस्थापन अनुदान प्रति केन्द्र रु ३ लाख = लक्ष्य ५ = १५०० हजार
१३) कक्षा १-३ मा पढाइ तथा गणित क्षेत्रका थप सिकाइ सामग्री छपाइ तथा वितरण प्रति विद्यालय रु ९हजार = २२५ हजार
१४) स्थानीय साँझेदारीमा विद्यालय भवन निर्माण अनुदान = ०हजार
१५) लागत साझेदारीमा आधारित साक्षरता कार्यक्रम तथा औपचारिक शिक्षा / आजीवन सिकाइ कार्यक्रम व्यवस्थापन = २०० हजार
विस्तृत डकुमेन्टका लागि यहाँ क्लिक गर्नुहोस्
0 Comments