Editors Choice

3/recent/post-list

Search This Blog

Video Of Day

Advertisement

Ads

Find Us On Facebook

Breaking News

Comments

SEE पूरक परीक्षा 2081 को नतिजा प्रकाशित

 परीक्षाफल प्रकाशन सम्बन्धी विज्ञप्ती

नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड


सानोठिमी भक्तपुर


परीक्षाफल प्रकाशन सम्बन्धी विज्ञप्ती


राष्ट्रिय परीक्षा बोर्डको मिति २०८१।०६।०७ को निर्णयानुसार २०८० सालमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा कक्षा १० को पूरक (ग्रेडवृद्धि) परीक्षा (सञ्चालित मिति २०८१ साल साउन २३ देखि ऐ. ३१ सम्म) को परीक्षाफल प्रकाशित भएको छ। नतिजा अनुसार परीक्षामा सहभागी भएका २१०३२१ परीक्षार्थी मध्ये ११९४२५ परीक्षार्थी अर्थात ५६. ७८ प्रतिशत परीक्षार्थीहरुले ग्रेड प्राप्त गरेका छन् ।


१ नतिजा हेर्ने व्यवस्थाः विभिन्न ११ ओटा संस्थाको website, IVR र SMS मार्फत, राष्ट्रिय परीक्षा बोर्डको Website www.neb.gov.np र प.नि.का. कक्षा १० को Website www.see.gov.np बाट नतिजा सहजरुपमा हेर्न सकिने व्यवस्था गरिएको छ। संस्थाहरुको जानकारी परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को website see.gov.np मा राखिएको छ । साथै यस सम्बन्धी सूचना मिति २०८१/०३/१० को गोरखापत्रमा प्रकाशन गरिएको छ। नेपाल टेलिकम, प.नि.का. कक्षा १० र राष्ट्रिय परीक्षा बोर्ड केन्द्रीय कार्यालयको website बाट परीक्षार्थीको सिम्बोल नं र जन्ममिति राखेर ग्रेडसिट हेर्न र डाउनलोड समेत गर्न सकिने छ ।


२ ग्रेडिङ व्यवस्थाः लेटर ग्रेडिङ निर्देशिका २०७८ (संशोधन सहित) को व्यवस्था अनुसार परीक्षार्थीले परीक्षा दिएको विषयको बाह्य सैद्धान्तिक परीक्षामा ३५% र आन्तरिक मूल्याङ्कनमा ४०% अङ्क प्राप्त गर्नुपर्ने व्यवस्था रहेको छ । जसमा सैद्धान्तिक ७५ पूर्णाङ्का विषयमा कम्तिमा २७ अंक र आन्तरिक २५ पुर्णाङ्कमा कम्तिमा १० अंक प्राप्त गर्नुपर्ने हुन्छ। उल्लिखित व्यवस्था अनुसार ग्रेडिङ गरिएको छ।


३ पुनः परीक्षाः यस परीक्षाको नतिजामा कुनै विषयमा NG भएमा लगातार तीन वर्षसम्म NG आएका विषयमा मात्र ग्रेडवृद्धिका लागि आगामी बार्षिक परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था रहेको छ।


४ आगामी वार्षिक परीक्षाः आगामी वर्षको बार्षिक परीक्षा २०८१ चैत्र ७ देखि सञ्चालन हुने गरी राष्ट्रिय परीक्षा बोर्डको निर्णयानुसार प.नि.का. कक्षा १० बाट बार्षिक कार्यतालिका वेवसाइटमा सार्वजनिक भइसकेको हुँदा सोही अनुसार परीक्षार्थीहरु र सम्बन्धित विद्यालयले आफ्नो तयारी कार्य गर्न सकिने अवस्था रहेको छ।


५ नतिजा पुनर्योगः प्रकाशित नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परीक्षण समेत गराउन सक्ने व्यवस्था रहेको छ । पुनर्योगका लागि परीक्षार्थीहरुलाई अनलाइन मार्फत आवेदन गर्न सकिने व्यवस्था गरिएको छ। जस अनुसार परीक्षार्थीले आफुले पुनर्योग गर्न चाहेका विषयहरुको लागि यस कार्यालयको वेवसाइटमा गई पुनर्योग फाराम भरी आवेदन गर्न सक्नेछन् । सो सम्बन्धी सूचना नतिजा प्रकाशन भएपछि राष्ट्रिय परीक्षा बोर्ड प.नि.का. कक्षा १० र राष्ट्रिय परीक्षा बोर्ड केन्द्रीय कार्यालयको वेवसाइटबाट हेर्न सकिनेछ ।


६ त्रुटी सच्याउनेः नतिजा प्रकाशनका क्रममा प्राविधिक कारणबाट कहिँकतै त्रुटी देखिन गएमा राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को मूल अभिलेखबाट सच्याइने छ । 

७ उमेर, नाम, थर सच्याउने सम्बन्धमाः परीक्षार्थीहरुको उमेर, नाम र थर कुनै कारणले फरक परेमा नतिजा प्रकाशन भएको ५ वर्ष भित्र प्रवेशपत्र अनुसार र प्रवेशपत्रमा समेत फरक परेको अवस्थामा सम्बन्धित प्रमुख जिल्ला अधिकारीको फैसला पर्चा अनुसार सच्याउन सकिने व्यवस्था रहेकाले सोही अनुसार निवेदन दिइ सच्याउन सकिनेछ ।


८ नतिजा नखुलेको सम्बन्धमाः नतिजा प्रकाशन हुँदा परीक्षार्थीको कुनै कारणले कुनै विषयमा नतिजा नखुलेको अवस्था रहेमा यस कार्यालयको वेवसाइटमा रहेको नतिजा खुलाउने निवेदन डाउनलोड गरी कुन कुन विषयको नतिजा नखुलेको हो सो सम्बन्धी विवरण भरी प्रवेशपत्रको प्रतिलिपी संलग्न गरी सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइ मार्फत इमेलबाट वा सोझै यस कार्यालयमा निवेदन दिनुपर्नेछ ।


अन्य जानकारीका लागिः परीक्षाको नतिजा सम्बन्धी जानकारी लिनका लागि यस कार्यालयको फोन नं ०१६६३०७३९ र सूचना अधिकारीको मोवाइल नं ९८५१३४०१५० मा सम्पर्क गर्न सकिनेछ । नियमित सूचनाका लागि यस कार्यालयको वेवसाइट www.see.gov.np बाट जानकारी लिन सकिनेछ।


मितिः २०८१।०६।०७


परीक्षा नियन्त्रक

नोट :सूचनाबाट साभार

२०८० सालको SEE पूरक (ग्रेडबृद्धि) परीक्षाको नतिजा प्रकाशित ५६.७८ % परीक्षार्थीहरुले ग्रेड प्राप्त




Post a Comment

0 Comments