पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीहरुलाई कक्षा ११ र १२ को परीक्षा आवेदन फाराम भर्नका लागि अवसर प्रदान गरिएको सम्बन्धी राष्ट्रिय परीक्षा बोडेले तपशील अनुसार सूचना प्रकाशित गरेको छ । बोर्डका अनुसार - कक्षा ११ र कक्षा १२ सञ्चालनका लागि सम्बन्धन प्राप्त माध्यमिक विद्यालय/क्याम्पसमा अध्ययन गरी कक्षा ११ वा १२ को परीक्षामा सम्मिलित भई अङ्कन प्रणालीमा कुनै विषयमा अनुत्तीर्ण अनुपस्थित वा अक्षराङ्कन पद्धतिमा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका (पुरानो ग्रेडिङ्ग प्रणाली अनुसार D र E ग्रेड प्राप्त गर्ने) परीक्षार्थीहरू (कक्षा १२ का लागि रजिष्ट्रेशन नम्बरको शुरुका दुई अङ्क ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम तथा कक्षा ११ का लागि ५६ वा सो भन्दा बढी र ७६ वा सो भन्दा कम भएका) लाई अन्तिम एक पटकका लागि अनुत्तीर्ण भएका वा तोकिएको ग्रेडप्राप्त नगरेका विषयको परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएकोले परीक्षामा सहभागी हुन चाहने उपरोक्त अनुसारका परीक्षार्थीहरूले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र (मिति २०८१ साल मंसिर २७ गतेभित्र) सम्बन्धित विद्यालयमार्फत राष्ट्रिय परीक्षा बोर्डले तोकेको ढाँचामा परीक्षा आवेदन फाराम भर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
सम्बन्धित विद्यालय/क्याम्पसहरूले आफ्ना विद्यार्थीहरूले भरेको फाराम सङ्कलन गरी रकम बुझाएको बैंक भौचर डिजिटल भुक्तानी गरेको अवस्थामा सोको प्रमाण एवं अनलाईन इन्ट्रीको प्रिन्ट कपीसहित २०८१ साल पुस २ गतेभित्र राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयमा आवेदन फाराम बुझाउनुहुन जानकारी गराईन्छ। परीक्षा आवेदन फाराम भर्दा तपसिल अनुसार गर्नु/गराउनुहुन समेत अनुरोध छ ।
१. पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीको रुपमा आवेदन फाराम भर्ने परीक्षार्थीहरू (रजिष्ट्रेशन नम्बरको शुरुका दुई अङ्क ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम (कक्षा १२) एवं ७६ वा सो भन्दा कम (कक्षा ११) भएका) ले कक्षा ११ वा १२ वा दुबैमा आफू अनुत्तीर्ण वा तोकिएको ग्रेड पुरानो ग्रेडिङ्ग प्रणाली अनुसार D र E ग्रेड) प्राप्त गर्न नसकेको विषयमा मात्र आवेदन फाराम भर्नु पर्नेछ ।
२. परीक्षा आवेदन शुल्क प्रति परीक्षार्थी प्रति खण्ड रु. १,०००।- (एक हजार। मात्र मिति २०८१/०८/२७ गतेभित्र राष्ट्रिय परीक्षा बोर्डको खातामा दाखिला गर्नु पर्नेछ ।
३. प्रयोगात्मक विषय मात्र बाँकी रहेका परीक्षार्थीहरूले समेत तोकिएकै समयभित्र प्रति खण्ड (कक्षा) रु. १,०००।- (एक हजार। अनिवार्य रूपमा बुझाई परीक्षा आवेदन फाराम भर्नु पर्नेछ ।
४. विद्यालयले परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम पठाउँदा रजिष्ट्रेशन गरेको वर्ष एवं रजिष्ट्रेशन नम्बरको आधारमा क्रमाङ्ग मिलाई पठाउनु पर्नेछ ।
५ . अतिरिक्त विषयमा परीक्षा दिन चाहने परीक्षार्थीहरूले (कक्षा ११ र १२ मा बढीमा १००/१०० पूर्णाङ्क गरी कूल २०० पूर्णाङ्क) समेत परीक्षा आवदेन फाराम भर्न पाउने व्यवस्था गरिएको छ ।
६ .अतिरिक्त विषयमा परीक्षा दिन चाहने परीक्षार्थीहरूले सक्कल माइग्रेशन (कुनै शैक्षिक संस्थामा सक्कल माइग्रेशन
बुझाएको भए सो संस्थाको सिफारिस पत्र) अनिवार्य रूपमा संलग्न गर्नु पर्नेछ ।
७. परीक्षा आवेदन फाराम भर्ने परीक्षार्थीहरूले पुरानो पाठ्यक्रमअनुसार परीक्षामा सहभागी हुनु पर्नेछ। एउटै नाम भएका विषयको पूर्णाङ्क फरक परेको अवस्थामा आफूले जति पूर्णाङ्कको अध्ययन गरेको हो सोही पूर्णाङ्क बमोजिम परीक्षा दिनु पर्नेछ। (जस्तै Environment Education, Introduction to Education, Education Pedagogy, Mass- communication आदि)
८. परीक्षा केन्द्र तथा परीक्षाको समयतालिका आवेदन फारामको सङ्ख्याअनुसार पछि तय गरी प्रकाशित गरिनेछ ।
९. प्रयोगात्मक र सैद्धान्तिक दुवै विषयमा परीक्षा दिनुपर्ने परीक्षार्थीले परीक्षा आवेदन फाराममा दुवै सैद्धान्तिक र प्रयोगात्मक) विषयको कोड उल्लेख गर्नु पर्नेछ ।
१०. खारेज भएका वा हाल सञ्चालनमा नआएका विद्यालयमा अध्ययन गरेका परीक्षार्थीहरूले समेत राष्ट्रिय परीक्षा बोर्डको सम्बन्धित कार्यालयहरूमा सोझै सम्पर्क राखी आवेदन फाराम बुझाउनु पर्नेछ ।
११. परीक्षा आवेदन फाराम परीक्षार्थी स्वयंले भरेको हुनुपर्नेछ । परीक्षार्थीको उक्त विवरणलाई विद्यालयले अनलाईन (Online)मार्फत प्रविष्टी (Entry) गर्ने व्यवस्था मिलाउनु पर्नेछ। अनलाईन (Online) मार्फत प्रविष्टी (Entry) गर्नका लागि बोर्डको अनलाईन प्रविष्टी (Online Entry) सँग सम्बन्धित https://exam.neb.gov.np portal अथवा बोर्डको Website: www.neb.gov.np मा गई Online Exam Form (Class 12) मा Click गरे पश्चात् प्राप्त विवरण अनुरुप समेत Entry गर्न सकिनेछ । साथै परीक्षा आवेदन फारामको अनलाईन (Online) ईन्ट्री मिति २०८१ मंसिर १ गतेदेखि ऐ. मसान्तसम्म खुला गरिने हुँदा सोही अनुसार समयमै आवेदन फारामको अनलाईन प्रविष्टी (Online Entry) गर्नुहुन सम्पूर्ण विद्यालयहरूलाई अनुरोध गरिन्छ ।
१२. परीक्षा आवेदन फाराम वापतको शुल्क राष्ट्रिय णिज्य बैंकमा रहेको बोर्डको सम्बन्धित कार्यालयको खातामा सिधै भौचरमार्फत वा System मा रहेको Payment Gateway हरू प्रयोग गरी जम्मा गर्न सकिनेछ । डिजिटल भुक्तानी गरेको अवस्थामा सोको प्रमाण समेत अनिवार्य रुपमा फारम साथ पेश गर्नु पर्नेछ ।
१३. राष्ट्रिय परीक्षा बोर्डका कार्यालयहरूले आ-आफ्नो क्षेत्र भित्रका विद्यालय क्याम्पसहरूलाई यसै सूचनाअनुसार जानकारी गराई कार्य सम्पादन गर्नु गराउनु हुन अनुरोध गरिन्छ ।
- परीक्षा नियन्त्रक
२०८१/०७/२३
0 Comments